आषाढ ९ । बंगलादेशमा प्रतिबन्धित इस्लामिक समूह हर्कत उल-जिहाद अल-इस्लामिक समूह (हुजी) का आठ सदस्यलाई मृत्युदण्डको सजाय सुनाइएको छ । अरु ६ जनालाई भने आजीवन काराबासको सजाय सुनाइएको छ ।
सन् २००१ को अप्रिल १४ मा राजधानी ढाकामा गराइएको बमकाण्डमा संलग्न रहेको ठहर गर्दै अदालतले उनीहरुलाई मृत्युदण्डको सजाय सुनाएको हो । मृत्युदण्डको सजाय सुनाइएकाहरुमा समुहका नेता मुफ्ती अब्दुल हान्नानसमेत रहेका छन् । हर्कत उल