बाबु रोका मगर
मैले त यहाँ देशभक्त र शहिद का सपनाहरु खोज्दै हिंडेको थिए
तर यहाँ पैसा भक्तहरु र देश बेच्ने दलाल मात्र भेटिए
विर शहिदहरु बन्दुकका गोली र खुकुरी धार मा रेटिए
ति शहिदहरुले देखाएका बिचार अनी बाटोहरु बिस्तारै मेटिए |
सिमाना का जङे पिल्लरहरु दिनका दिन भित्र-भित्र सर्दै छन
गरीब निमुखा जनताहरु दिनका दिन भोक भोकै मर्दै छन
महंगाइ ले सिमा नाग्यो पार्टीहरु भित्र-भित्रै टुट्दै छन
राष्ट्रलाई कंगाल बनाउने राष्ट्रघातीहरु अघी-अघी सल्बलाउदै छन |
अबत अती भयो सहनै नसक्ने जती भयो
मै हुँँ भन्नेहरुले पनि देखाए आफ्नो औकात
मौका परे आफुलाई पनि पैसा सँग गर्छन सौगात
अबत उठ्नै पर्ने भयो जुट्नै पर्ने भयो राष्ट्रघाती बिरुद्द लडाईं लड्नु पर्ने भयो |