नाइजेरियाको राजधानी अबूजाको एक ब्यस्त बजारमा गराइएको विष्फोटमा २१ जना व्यक्ति मारिए

आषाढ १२ । नाइजेरियाको राजधानी अबूजाको एक ब्यस्त बजारमा गराइएको विष्फोटमा २१ जना व्यक्ति मारिएका छन् । 
१७ जना घाइते भएका छन् । देशको उत्तरी क्षेत्रमा आतंकवादी समूह बोकोहरामको बिगबिगी रहेका समयमा गराइएको विष्फोटको कारण भने खुल्न सकेको छैन ।
सर्वसाधारणहरु व्यस्त रहेका बेलामा बजारमा विष्फोट गराएकाले धेरै क्षति भएको बताइएको छ । थुप्रै कारमा आगो लागेको छ भने घरहरुमा क्षति पुगेको छ । AGENCIES