अर्घाखाँचीमा ८५ वर्षकाले छोरा जन्माए

– वीरेन्द्र केसी



चिदिका, अर्घाखाँची । ८५ वर्षको उमेर कस्तो होला । गाला चाउरी परेका, दाह्री कपाल सेतै, शरिर कुभ्री परेर शिथिल जस्तै । यो उमेर त पनातिपनातिनी खेलाएर बस्नुपर्ने हो तर चिदिका मौलीपोखराका पदमपाणी खनाल ८५ वर्षको उमेरमा छोराको बाउ बनेका छन ।  श्रीमती कमलाले शुक्रवार छोरा जन्माईन् । ४० वर्षकी कमला उनकी कान्छि श्रीमती हुन ।

 


 

बुढेशकालमा पुत्रलाभ भएपछि खनाल परिवारमा खुसीयाली छ । जन्मेको छोरा मेरै हो, पदमपाणीले भने, मर्ने बेलाको खुसी हो यो, हाम्रो ईच्छा पुरा भयो । उमेर छदा छोरा जन्माउन निकै मेहनत ग-यौं सोचे जस्तो भएन् । आशा गरेका थियौं तर हरेस खाएनौ, उनले भने, ख्यालख्यालमै गरेको मेहनत अहिले खेर गएन्, १३ वर्षदेखीको मेहनत हो यो । छोरा छ की छोरी भनेर डाक्टरसँग गर्व जाच पनि उनले गराएनन् ।  कमलाबाट जन्मिएकी छोरी पुजा १३ वर्षकी भईन । उनले कक्षा ७ मा पढछिन । 

 

कोखबाट जन्मिएको छोराप्रति कमला महत्वकांक्षी अपेक्षा राख्छिन । बुढेशकालमा जन्मेको मेरो छोरो ठुलो मान्छे बन्छ, उनले दावी गरिन, प्रधानमन्त्री बनाउने मेरो ईच्छा छ । धेरैजसो प्रधानमन्त्री गाउँका गरिबकै छोरा भएका छन, मेरो छोरा पनि हुन्छ, उनले दावी गरिन । 



छोरा हेर्न र उनलाई भेटन आउनेको घुइचो लागेको छ । श्रीमती ४० वर्षकी भएपनि ८४ वर्षको बुढाबाट गर्व रहेकोमा अचम्म लागेको छ, छिमेकी शिक्षक खुमानन्द अर्यालले भने, गाउँमा यस्तो अहिलेसम्म भएको थिएन ।



२१ वर्ष अघि श्रीमतीको भिरबाट लडेर मृत्यु भएपछि साहारा विना बस्न नसकेपछि उनले दोस्रो विवाह गरे । पहिलो श्रीमतीबाट जन्मिएका एक छोरा र तीन छोरी मध्ये दुई छोरीको गाडी दुर्घटनामा मृत्यु भएको छ । ४० वर्षका उनका जेठा छोरा खजराज बुटवलमा व्यापार गर्छन । उनी ५ नातिनातीनाका हुजुर बा भैसकेका छन । खगराजका तीन छोरा र एक छोरी र छोरीका दुई सन्तान छन । उनीहरु उच्च शिक्षा पढछन् ।  खेती किसानमै जीवन बिताएका पदमले अहिले पनि घास, दाउरा काटने, खेतीपति गर्ने जोश हराएको छैन । अलि काना सुन्दैन, उनी भन्छन, घास काट्ने बोक्ने, भैसीको गोबर फाल्ने देखी सबै काम विस्तारै गर्छु । दोस्रो विवाह पनि बाध्यताले गरेको दावी गरे । छोरा त जन्मियो तर उसलाई उच्च शिक्षा सम्म पढाउने उनलाई खासै चिन्ता छैन । कान्छो भाईलाई खगराजले नै सहयोग गर्नेमा उनी विश्वस्त छन् । जेठो छोराले घरखर्चको लागि पैसा पठाईदिने र माया गर्ने उनले बताए ।



पदमसँगैका दौतरीहरु अहिले जीवित छैनन् । धेरैजसो ५० देखी ७० वर्षको उमेरमै मरिसके । उनी भने युवा उमेरमै जस्तै काम गर्न सक्छन् ।  



 बच्चाको लागि उमेरले छेक्दैन, जिल्ला अस्पतालका मेडिकल अधिकृत डा.कृष्णहरि सुवेदीले भने, गर्व रहन सक्छ, त्यो मान्छेको व्यक्ति विशेषमा पनि भर पर्छ, कसैको छिटै सुक्रकिट निष्कृय हुन्छ कसैको सक्रिय भैरहन्छ । बुवाआमाको उमेर बढी भएर जन्मेको बच्चाको स्वास्थ्य स्वस्थ्य नहुन सक्ने भएकाले खानपिन र स्याहार सुसारमा ध्यान दिनुपर्ने उनले बताए । 

अन्य समाचारहरु