केरुङ्गा, अर्घाखाँची । गत मंगलबार केरुङ्गा गाविस खुल्ला दिसामु्क्त घोषणा भएको छ । जिल्लाको २० औं स्थानमा खुल्ला दिसामुक्त अबस्था हाशिल गरेको यस गाविसमा १०३९ घरधुरी मध्ये ग्लोबल स्यानिटेसन फण्ड प्रोग्राम सञ्चालन हुनु पूर्व ४३९ घरमा सुरक्षित शौचालय रहेको थियो भने बाँकी ६०० घरधुरीले अभियान सञ्चालन पछि चर्पी निर्माण गरेका हुन् ।
भि वास सिसि का अध्यक्ष एवं गाविस सचिव मदन बेलबासेको अध्यक्षतामा भएको उक्त सभामा योजना अधिकृत हरिशचन्द्र भुसाल प्रमुख अतिथि रहनु भएको थियो ।
जिल्ला स्थित सरकारी तथा गैर सरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरु राजनीति दलका प्रमुख तथा प्रतिनिधिहरु GSF/ UN Habitat र यसका साझेदार निकायहरु NEST/ SSIC, PRAG/ECARDS, LSDC, का प्रतिनिधिहरु पत्रकार सुरक्षाकर्मी छिमेकी गाविसका सचिबहरु एवं अन्य अतिथिहरु र स्थानीयहरु सहित करिब ३००० जनाको उल्लासमय उपस्थितिमा सभा सम्पन्न भएको थियो ।
सभामा अति मार्मिक सन्देशमूलक गीतहरु नाँचहरु लाखे नाँच र मारुनी नाँच समेत प्रस्तुत गरि सभाको रौनक बढाइएको थियो । त्यसै गरि GSF को तर्फबाट र V WASH CC को तर्फबाट पुरस्कार तथा प्रमाण पत्र वितरण समेत भएको थियो ।
Radio Arghakhanchi contributed to this report.