काठमाडौं, आषाढ १३ । असार मध्य भईसक्दा पनि पर्याप्त बर्षा नहुँदा जनजीवन प्रभावित भएको छ । पहाडी क्षेत्रमा रोपाई शुरु हुन सकेको छैन भने तराइमा विऊ ब्याडमै सुक्न थालेको छ । समयमा पानी नपरेकाले उत्पादन घट्ने चिन्तामा कृषकहरु परेका छन् ।
सामान्यतः नेपालमा असार शुरु हुँदा नहुँदै मनसुन शुरु हुने गर्दछ । यस बर्षपनि मनसुन शुरु त भएको छ तर सक्रिय हुन नसक्दा मध्य असारमा समेत खडेरी परेको छ । मनसुन सक्रिय भएर बर्षा हुन अभैm पाँच छ दिन लाग्ने मौसमविद्हरुले बताएका छन् ।
जल तथा मौसम विभागका वरिष्ठ मौसमविद् शिव नेपाल गत बर्षको तुलनामा दुइ साता ढिला शुरु भएको मनसुन सक्रिय हुन अभैm केही दिन कुर्नुपर्ने हुन् । नेपालको मौसममा दक्षिण एसियाका अन्य क्षेत्रको मौसमको पनि प्रभाव पर्ने भन्दै मौसमविद् नेपाले यस बर्ष विगतको तुलनामा कम बर्षा हुने प्रक्षेपण गरिएको बताए ।
नेपालमा सामान्यतः मनसुनी वायु एक सय पाँच दिन सक्रिय रहने गरेपनि यस बर्ष त्यो अवधि पनि घट्ने सक्ने मौसमविद्हरुको अनुमान रहेको छ । IMAGEKHABAR