ओबामाद्धारा सिरियाका विपक्षीलाई ५० करोड डलर सहयोग गर्न अमेरिकी कंग्रेससमक्ष प्रस्ताव

आषाढ १३ ।  अमेरिकी राष्ट्रपति बाराक ओबामाले सिरियाका विपक्षीलाई ५० करोड डलर सहयोग गर्न अमेरिकी कंग्रेससमक्ष प्रस्ताव राखेका छन् । विपक्षी शक्तिलाई एकत्रित गर्न उक्त रकम खर्च गरिने उनले बताएका छन् ।
विपक्षीलाई प्रशिक्षित गर्न र सामग्री खरिदमा उक्त रकम लाग्ने ओबामाले कंग्रेसलाई भनेका छन् । सिरियाली राष्ट्रपति बशार अल असादको सरकारी सैनिकको निरन्तरको आक्रमणबाट विपक्षीको रक्षा गर्दै इस्लामिक राष्ट्रका पक्षमा विद्रोह गरिरहेका इराकका विद्रोहीविरुद्ध लड्न पनि यसले सघाउने ह्वाइटहाउसले जनाएको छ ।
सहयोगले सिरियन विपक्षीको प्रशासनिक र सैन्य क्षमता अभिवृद्धी पुग्नुका साथै विपक्षी नियन्त्रित क्षेत्र रक्षाका लागि सहयोग पुग्ने जनाइएको छ । असादको तानाशाही शासनविरुद्ध विपक्षीलाई सघाउन देशभित्र र बाहिरबाट तीब्र दबाब परिरहेका बेला ओबामाले कंग्रेससमक्ष यो प्रस्ताव गरेका हुन् ।
असादविरुद्धको तीन वर्षे गृहयुद्धमा सिरियामा लाखौं नागरिक मारिएका छन् भने लाखौंलाख घरवारविहीन बनेका छन् । AGENCIES