अर्घाखाँचीको पणेनामा पुल निर्माण कार्य नसकिदा कठिनाई

प्रकाश खनाल



पणेना, अर्घाखाँची आषाढ १३ । अर्घाखाँचीको पणेनामा पुल निर्माण कार्य नसकिदा स्थानीयवासीले कठिनाई ब्यहोर्नु परेको छ । जुन पाल्पाको भुवनपोखरी सिमानासँग जोडीएको छ। 

 



 

गत आर्थिक वर्षमै पुरा गर्ने गरी ठेक्का सम्झौता भए पनि यस आर्थिक वर्षको अन्तसम्ममा पनि पुल निर्माण कार्य पुरा नहुने देखिएको छ ।



जिल्ला प्राविधिक कार्यालयको वेवास्ता र ठेकदारको लापरवाहीका कारण समयमै पुल निर्माण कार्य सम्पन्न हुन नसकेको स्थानीयवासिन्दाको गुनासो छ । पुल निर्माण सम्पन्न भएपछि पाल्पाको छहरा, भुवनपोखरी, अर्घाखाँचीको पणेना, पोखराथोक लगायतका गाउँका स्थानीयवासीलाई वर्षायाममा पनि यातायातको सुविधा पुग्ने छ ।

अन्य समाचारहरु