अर्घाखाँचीको भगवती गाविसमा आफ्नै दाजुले भाईलाई कुटेर मारे

प्रेम सुनार
अर्घाखाँची / गुल्मी, असार १३ । अर्घाखाँची जिल्लाको भगवती गाविसमा गए राती आफ्नै दाजुले भाईलाई कुटेर मारेका छन् । भगवती गाविस वडा नम्वर १ का २२ वर्षिय रामलाल पाण्डेलाई ३२ वर्षिय आफ्नै दाजु भिमलाल पाण्डेले कुटेर घम्भीर घाईते बनाए पछि उनको उपचारको क्रममा गए राती नै मृत्यु भएको हो ।
गुल्मीका निमित्त जिल्ला प्रहरी प्रमुख प्रहरी निरक्षक राजेन्द्रप्रसाद श्रेष्ठका अनुसार उनको तम्घास अस्पतालमा उपचारका क्रममा गए राती करिव ३ वजे तिर मृत्यु भएको थियो ।
मृतकका फरार दाजु भिमलालाई प्रहरीले आज विहान करिव ८ वजेतिर रेसुङ्गा नगर पालिकाको नेटा भन्ने स्थानबाट पक्राउ गरेको प्रहरी निरक्षक श्रेष्ठले जानकारी दिनु भयो ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले गुल्मी जिल्ला प्रहरीलाई हुलिया सहित खोज तलासका लागि सहयोग गरी दिन आग्राह गरे पछि गुल्मी प्रहरी तत्कालै निजलाई पक्राउ गर्न सफल भएको हो । ति दुई भाई विच झगडाको कारण भने खुलेको छैन । अभियुक्त पाण्डेलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँची पठाईने श्रेष्ठले बताउनु भयो । 

अन्य समाचारहरु