सरकारले संसदमा पेश गरेको अदालतको अवहेलना सम्बन्धी विधेयकले अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्ने भन्दै फिर्ता गराइपाउन परेको रिट सर्वोच्च अदालतले दरपीठ (दर्ता गर्न अस्वीकार ) गरेको छ।
बिहिीबर पेश भएको रिटलाई सर्वोच्च प्रसाशनले शुक्रबार दरपीठ गरेको हो।
उक्त विधेयक अपरिपक्व अवस्थामा रहेको भन्दै सर्वोच्चका रजिष्ट्रार लोहितचन्द्र शाहले दरपीठ गरेका हुन्।
अधिवक्ता अर्जुनकुमार अर्यालले पेश गरेका थिए।
रिटमा, सरकारले ल्याएको विधेयकले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतालाई समेत कुण्ठित गरेकोले फिर्ता पठाउन आदेश दिन अदालतसँग माग गरिएको छ।
संसदमा पेश भएर विचाराधीन रहेको विधेयकले कानुनको रुप ग्रहण गरिनसकेको अवस्थामा रिट ल्याएको भन्दै दर्ता गर्न अस्वीकार गरिएको सर्वोच्चले जनाएको छ।
रिटमा, उक्त विधेयकले संविधानले सुरक्षीत गरेका अभिव्यक्ति, प्रेस स्वतन्त्रता लगायतका मौलिकहकको हनन गर्ने जिकिर छ।
विधेयकको कानुनी र संचार क्षेत्रमा व्यापक आलोचना भइरहेको छ।
SETOPATI
प्रकाशित मिति: शुक्रबार, आषाढ १३, २०७१