सन्धिखर्ककी मञ्जु बनिन सफल व्युटिसियन

अर्जुन भुसाल 



सन्धिखर्क, अर्घाखाँची असार १४  ।  सन्धिखर्क नगरपालिका वडा नं. १ की मञ्जु केसीले व्युटी पार्लरबाट मनग्य आम्दानी गर्न सफल भएकी छिन् । उनले यो व्यवासायबाट वार्षिक चार   लाख वचत गर्ने बताइन  । २०५९ सालमा माओवादी  द्वन्द्वबाट बिस्तापित भएर काठमाडौं गएको बेला उनले पार्लर सिकेकी हुन । उनका श्रीमान गणेश क्षेत्री सदरमुकाम सन्धिखर्कमा रहेको गौरीशंकर वोर्डिङ स्कुलका प्रिनसिपल हुन । ०५९ सालमा तत्कालिन नेकपा माओवादीले वोर्डिङ चलाउनमा रोक लगाएपछि उनको परिवार विस्तापित भएको थियो । उनका श्रीमान काठमाडौंमा गएर जागिर गर्न थाले भने उनले व्युटीपार्लरको  तालिम लिन थालिन ।  शान्ति पक्रिया पछि उनीहरु  जिल्ला फर्के । 

 


पार्लरमा तालिम लिदै गरेका प्रशिक्षर्थीका साथमा मञ्जु ।

 

श्रीमानले  वोर्डङ चलाउन  थाले भने मञ्जुले पार्लर सञ्चालन गरिन । वोर्डिङ उनका श्रीमानको एकल लगानीमा छ । अहिले उनी यो पेशाबाट निकै सनतुष्ट छिन् । सदरमुकाम सन्धिखर्कमा सबै भन्दा पहिले पार्लर सञ्चालनमा ल्याएकी केसीले आफूमात्र नभएर अरुलाई पनि यो व्यवसायमा लाग्न प्रेरित गरेकी  छिन । स्नेहा व्युटि पार्लर सञ्चालन गरेकी उनले अहिले सम्म झण्डै एक सय  जनालाई यस सम्वन्धी ज्ञान दिलाएकी छिन । उनले पार्लरबाट  झण्डै मासिक पचास-साठी हजार आम्दानी गर्ने बताइन । सुरुसुरुमा यो पेशालाई हेर्ने दृष्टि नकारात्मक  थियो उनले भन्छिन, अहिले यो पेशालाई सम्मान गर्ने बानीको विकास भएको छ। घर खर्च चलाउन र घर, घडेरी तथा गाडि किन्दा श्रीमानलाई धेरै सहयोग गरेको उनले बताइन । उनले आफ्नै घरमा व्यवासाय सञ्चालन गरेकी छिन् । उनी आफ्नै वोर्डिङ स्कुलमै जागिर गर्न पनि सक्थिन तर उनलाई यही पेशानै प्यारो लाग्यो । मलाई यो निकै प्यारो लाग्छ उनले भनिन, जीवनभर पार्लर सञ्चालन गर्छु ।  



 जिल्लाका धेरै महिलाहरु मञ्जुसँगै तालिम लिएर व्यवसाय सञ्चालन गर्न सुरु गरेका छन् । यहाँ नाम चलेका अन्य पार्लर सञ्चालकहरु पनि मञ्जुकै प्रशिक्षार्थी  हुन । अहिले जिल्लमा करिव २० वटा पार्लर व्यवसायी छन् ।  सुरुमा एक्लै व्यवसाय सञ्चालन गर्दा केहि गाह्रो थियो उनले भनिन, अहिले धेरै व्यवसायी भइसके  । उनले तालिम दिएकाले विभिन्न ठाउँमा गएर राम्रो आम्दानी गर्न थालेका छन् । उनीबाट तालिम लिएकाले गाउँगाउँमा गएर पनि पार्लर सञ्चालन गरेका छन् । कतिपय सदरमुकामै छन् । केहि दिदीवहिनीहरु सिप सिकी विदेश जानु भएको छ, केहि बुटवल, काठमाडौं गएर पनि व्यवसाय चलाउनु भएको छ उनले भनिन । उनको  पार्लरमा १२ अहिले  जना महिलाले तालिम लिइरहेका छन् । 



उनले आफ्नो श्रीमानबाट हौसला मिलेकाले यो व्यवसाय चलाएको बताइन । कसैकसैलाई घरपरिवारबाट पनि अवरोध हुन्छ केसीले भनिन, मलाई भने परिवारबाट राम्रो सहयोग मिलेको छ  । एक लाख बाट सञ्चालन गरेको व्यवासायमा अहिले पन्ध्र लाख भन्दा धेरै लगानी रहेको बताइन । पछिल्लो समयमा धरै महिलाहरु पार्लर व्यवासय प्रति आर्कर्षित भएकोमा उनी निकै खुसी छिन् । बारै मास राम्रो आम्दानी हुने भएकाले कुनै समयमा पनि व्यवासय चलेन भनेर चिन्ता लिनु नपर्ने उनी बताउँछिन । पार्लर  कम लगानीमा  चलाउ सक्ने श्रीजनशिलता मूलक व्यवासाय भएको उनको वुझाइ छ ।  नेपाल व्युटिसियन संघ अर्घाखाँचीकी अध्यक्ष समेत रहेकी उनी  विभिन्न संघ सस्थामा आवद्ध छिन ।   पार्लरमा आएर सिक्दै गरेका महिलाहरुले सिप सिके पछि आफूहरुले पनि व्यवसाय सञ्चालन गर्ने बताउँछन् । 

अन्य समाचारहरु