काठमाडौं- पाँच कम्युनिष्ट पार्टीबीच कार्यगत एकताको औपचारिक घोषणा भएको छ।
एक कार्यक्रम आयोजना गरेर माओ विचार मान्ने एनेकपा माओवादी, नेकपा-माओवादी, नेकपा एकीकृत, क्रान्तिकारी कम्युनिष्ट केन्द्र र नेकपा माओवादीबीच कार्यगत एकताको घोषणा गरिएको हो।
कार्यक्रममा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले कार्यगत एकता आजको ऐतिहासिक आवश्यकता भएको बताए।
यसअघि कार्यगत एकताको कार्यविधि तयार पार्नको लागि कार्यदल गठन भएको थियो।
कार्यदलमा एमाओवादीका महासचिव कृष्णबहादुर महरा, नेकपा-माओवादीका सचिव देव गुरुङ, नेकपा एकीकृतका रामसिंह श्रीष, क्रान्तिकारी कम्युनिष्ट केन्द्रका टीकाविक्रम हमाल र मातृका यादव नेतृत्वको नेकपा माओवादीका देवशरण यादव थिए। कार्यदलले कार्यगत एकताको कार्यविधि तयार पारेको थियो। NAGARIKNEWS