आषाढ १५ । ईराकमा सुन्नी इस्लामिक लडाकुमाथि हवाई कारबाहीका लागि इराक सरकारले गरेको माग बमोजिम रुसले पठाएको चार वटा विमान राजधानी बग्दाद उत्रेको छ । ती विमानले आजैदेखि हवाई कारबाही थाल्ने इराक सरकारले जनाएको छ ।
विद्रोही लडाकु आईएसआईएसविरुद्ध कारवाहीका लागि अमेरिका, रुस र इरानले सहयोग गर्ने बचन दिए अनुसार रुसले लडाकू विमान पठाएको हो । यसअघि अमेरिकाले तीन सय सैनिक सल्लाहकार इराक पठाएको थियो । तर अमेरिकी सैनिक भने इराकी द्वन्द्वमा प्रत्यक्ष सहभागी हुने छैनन् । AGENCIES