कार्यगत एकताको घोषणा गरेका पाँच कम्युनिष्ट पार्टीले संयुक्त अन्तर्क्रिया आयोजना गर्ने

कार्यगत एकताको घोषणा गरेका पाँच कम्युनिष्ट पार्टीले संयुक्त अन्तर्क्रिया आयोजना गर्ने भएका छन् । कार्यगत एकता समितिको सोमबार बसेको बैठकले असार २५ गते काठमाडौंमा ‘जनताको
संघीय संविधान निर्माणका सम्भावना र चुनौती’ विषयक विचार गोष्ठी आयोजना गर्ने क्रान्तिकारी
कम्युनिष्ट पार्टीका महासचिव मणि थापाले जानकारी दिए । कार्यगत एकता समितिको बैठकले पाँच पार्टीको आयोजनामा देशब्यापी अन्तरक्रिया तथा विचार गोष्ठीहरु सञ्चालन गर्न आ-आफ्ना पार्टीहरुलाई निर्देशन दिने निर्णय गरेको छ ।
बैठकले संविधानका अन्तरवस्तुको बारेमा गृहकार्य गर्न समिति अन्तरगतको कार्यदललाई जिम्मा दिने निर्णय गरेको छ ।