एमाओवादी सहित अन्य प्रतिपक्षी दलहरु सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने भएका छन् । सरकारले राष्ट्रपति मार्फत आइतबार व्यवस्थापिका संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो ।
नीति तथा कार्यक्रम पारित गर्न बुधबार संसदमा मतदान हुँदैछ । बुधबार बिहान प्रमुख प्रतिपक्षी एमाओवादी र प्रतिपक्षमै रहेका मधेसवादी दलहरुबीच भएको छलफलमा विपक्षमा मतदान गर्ने सहमति भएको पुष्पकमल दाहालका स्वकीय सचिव चुडामणि खड्काले जानकारी दिए ।
प्रतिपक्षी दलहरुले कार्यक्रमको विपक्षमा मतदान गरे पनि प्रष्ट बहुमतमा रहेको सरकारले ल्याएको कार्यक्रम पारित भने हुनेछ ।