इमानमा नडग्ने, अडानमा नहल्लिने चित्रबहादुर केसी

‘हाम्रा पार्टीहरु क्लबजस्ता छन्, कताबाट व्यक्तिगत स्वार्थ साँधिन्छ, त्योबाहेक अरु हेर्दैनन्’राम्ररी घाम नलाग्ने मैतिदेवीको एउटा गल्लीमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सभासद् चित्रबहादुर केसीको डेरा छ। पन्ध्र वर्ष भयो उनी त्यहाँ बस्न थालेको।
 
आफ्नै सुत्ने कोठामा उनी अागन्तुक भेट्छन्। कार्यकर्ता र पाहुना भेट्ने उनको छुट्टै बैठककोठा छैन। उनको बेडरुम, बैठक, पढ्ने जे भने पनि यहिँ मझौला कोठा हो ।
 
कोठामा पस्नेबित्तिकै देख्न सकिन्छ, ह्याङगरमा झुण्डाइएका लुगा, खाटको सिरानीमा छरिएका किताब पत्रपत्रिका।ठूला बंगलाको बैठक कोठाले अोगट्ने भन्दा कम ठाउँमा उनको चारकोठे