एमालेको

नवौं महाधिवेशनमा प्रविधिको भरपुर उपयोग गर्ने बताएको नेकपा एमालेमा नेतृत्व चयनको लागि हुने चुनावी प्रकृयामा भोटिङ मेसिनको प्रयोगबारे विवाद बढेको छ ।
यसअघि एमालेले महाधिवेशनमा सूचना प्रविधिका अरु उपायसँगै विद्युत्तीय भोटिङ मेसिनको पनि प्रयोग गर्ने निर्णय गरिसकेको थियो । यसअनुसार यसको परीक्षण पनि भएको थियो । नेता र प्रतिनिधिलाई भोटिङ मेसिनको प्रयोगबारे प्रशिक्षण दिने काम पनि भैसकेको छ । तर चुनावी प्रक्रिया सुरु हुने बेला भोटिङ मेसिनको प्रयोग गर्ने या नगर्ने विषयमा विवाद र अन्योल बढेको छ ।
आगामी नेतृत्वको लागि दुई समूहमा बाँडिएका नेताहरुले भोटिङ मेसिनबारे दुईथरी भनाई व्यक्त गरेका छन् । माधव नेपाल समूहले भोटिङ मेसिनको विश्वसनियता नभएकाले यसको प्रयोग गर्न नहुने बताएको छ । केपी ओली पक्षले भने यसअघि निर्णय नै भैसकेकाले विद्युत्तीय भोटिङ मेसिनकै प्रयोग गर्नुपर्नेमा दबाब दिँदै आएको छ ।