अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगम पश्चिमाञ्चल भलबारी डिपोका क्षेत्रीय प्रबन्धकसहित तीन जनालाई पक्रेको छ ।
क्षेत्रीय प्रबन्धक नगेन्द्रकुमार कुर्मी, प्रबन्धक दीपेन्द्र बस्नेत र सहायक प्रबन्धक रविन कुमार राउतलाई पक्रेको अख्तियारले जनाएको छ ।
भारतबाट तेल ल्याउँदा निगमलाई हानी नोक्सानी पुर्याउने कार्यमा उनीहरु संलग्न रहेको अख्तियारले जनाएको छ ।
उनीहरुसँग धरौटी मागेकोमा नबुझाएकोले हिरासतमा राखेर अनुसन्धान भैरहेको छ । उनीहरुमाथि तेल चोरीमा संलग्न रहेको आरोप थियो ।
यसैबीच अख्तियारले सम्पत्ति मूल्याङ्कन गराए वापत राजश्व नतिरी कागजात मिलाई दिन्छु भनेर घुस लिने काठमाडौंको गागलफेदी गाविसका सचिव तेजराज अर्याल विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।