अर्घाखाँची जिल्ला अस्पतालमा झाडापखलाका विरामी ह्वात्तै वढे

अर्जुन भुसाल 



अर्घाखाँची असार २४ ।  जिल्ला अस्पतालमा झाडापखलाका बिरामी ह्वात्तै वढेका छन् । पछिल्लो समयमा  अस्पतालमा झाडापखलाका विरामी धेरै मात्रमा भर्ना हुन आउने गरेका छन् । अहिले दैनिक ३० देखि ३५ जना   झाडापखलाका बिरामी  आउने गरेको जिल्ला अस्पतालका प्रमुख  डा  जगन्नाथ तिवारीले जानकारी दिए ।

 



सन्धिखर्क नगरपालिका वडा नं. १३ अर्घाकी ७९ वर्षिया हरिकला आचार्य पखला लागेपछि जिल्ला अस्पतालमा उपचार गर्दै

 

उनले सामान्य विरामीलाई भर्ना नगरे पनि जटिल प्रकारका बिरामीलाई भर्ना गरि उपचार गरेको  बताए । देनिक ३०-३५ जना झाडापखलाकै  बिरामी आउँछन उनले भने, कतिपयको अबस्था निकै नाजुक हुन्छ । अहिले  १५ जना झाडापखलाका विरामी भर्ना भएका छन् ।  कतिपयलाई पाँच सात दिन अस्पतालमै राखेर उपचार गर्नुपरेको छ  । कतिपयको अबस्था निकै नाजुक भएर वुटवल रिफर गर्नु परेको डा तिवारीले बताए । प्रेसर नवढेपछि बाहिर पठाउनु प-यो उनले भने, लो प्रेसर भएपछि मृगौलामा असर गर्छ, त्यसैले बाहिर पठायौं  ।



रोटा भाइरलको संक्रमणले झाडापखला लाग्ने गरेको उनले बताए । केहिलाई व्याक्टेरीयाले  पनि ग्रष्त पारेको छ उनले थपे, त्यस्ता बिरामीलाई  लामो समय सम्म उपचार गर्नुपर्छ । डा तिवारीले झाडापखलाका विरामी वढेकाले विशेष ध्यान दिएर उपचारमा लागेको बताए । उनले झाडापखला लाग्नुको मुख्य कारण दुसीत पानी र खाना भएको बताए ।  वर्षादको समयमा पानी फोहोर हुने भएकाले उमालेर वा फिल्टर गरेर मात्र पानी पिउनुपर्ने उनले  बताए । सावधानी नअपनाए प्रकोप फैलन सक्ने भन्दै उनले सचेत रहनुपर्ने बताए ।

 



जिल्ला अस्पतालमा पखला लागेर उपचार गर्न आएका विरामी

 

अधिकांश विरामी सदरमुकाम  सन्धिखर्कका  छन् । सन्धिखर्कको पानी निकै प्रदुशित छ । यहाँका उपभोक्ता बाँगी खोलाको फोहोर पानी खान बाध्य छन् । बाँगी खोलामा ड्याम्प बाधी पानी संकलन गरि उपभोक्तालाई पानी वितरण गर्ने काम   खानेपानी उपभोक्ता समितिले गरेको छ । सदरमुकामका उपभोक्ताहरुले प्रदुषित पानी पिउनु परेको गुनासो गर्दै आएका छन् । जिल्ला अस्पतालमा आएका अधिकांश विरामी सन्धिखर्कका हुनुले पनि सन्धिखर्कको पानी प्रदुषित भएको पुष्टि गर्छ । जिल्ला अस्पतालमा भर्ना भएकी सन्धिखर्ककी सविना अधिकारीले  पानी प्रदुषित भएका कारण आफूलाई पखला लागेको बताइन ।



 सन्धिखर्क -१० की विद्या जिसी  पनि ४ दिन देखि जिल्ला अस्पतालमा उपचाररथ छिन । उनकी आमा मिठा जिसीले पहिले चन्दा छोरीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आएको बताइन । पखलाले निकै कमजोर बनाएको छ उनले भनिन, पहिले भन्दा केहि सुधार आएको छ । २० शैयाको जिल्ला अस्पतालमा अहिले १५ जना विरामी पखलाकै छन् । अधिकांश सदरमुकाम सन्धिखर्कका र यहाँ डेरा गरि बस्ने छन् । खानेपानी उपभोक्ता समितिले सफा पानी वितरण गर्नुपर्नेमा यहाँका स्थानियले जोड दिँदै आएको छन् । 

अन्य समाचारहरु