नेकपा एमालेको नवौं महाधिवेशनमा अध्यक्ष झलनाथ खनालले प्रस्तुत गरेको प्रविदेन पारित भएका छन् । अध्यक्ष खनालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतीले पारित भएको हो ।
यसअघि आफ्नो प्रतिवेदनमा माथि समूहगत छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै आफू नेतृत्व हस्तान्तरण भन्दा पनि पुस्तान्तरणको पक्षमा रहेको स्पष्ट पार्नुभयो । उहाँले कम्युनिष्ट पार्टीको स्थापना कालदेखि नै नेतृत्व हस्तान्तरण हुँदै आएको बताउँदै नेतृत्व हस्तान्तरणको बहस नयाँ नभएको बताउनुभयो ।