हालै भारतको दिल्हीमा रहेका नेपाली संघसस्थाहरु मिलेर संघसस्थाको छाता सस्था स्थापना गरेका छन । अखिल भारत नेपाली स्वतन्त्र महासंघ -भारतको नाम दीईेएको महासंघका महासचिवको रुपमा अर्घाखाँचीका दिपक जिसी चयन हुनु भएको छ । उहाअर्घाखाँची डट्कम् का लागि दिल्ही स्थित पुर्व प्रतिनिधि तथा हालका लागि बिशेष सहयोगी हुनुहुन्छ । उहासँग अन्लाईन चौतारीले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
भारतमा यति धेरै संघ संस्थाहरु हुदा हुदै महासंघको आवश्यकता किन पर्यो ?
खासगरी भारत मा प्रवासी नेपालीहरुको हकहित र अधिकारको पक्षमा काम गर्ने उद्देश्य सहित विभिन्न संघसंस्था र संगठनहरु क्रियाशील छन् । हामी नेपाली हरुलाई भारतमा सन् १८१६ को सुगौली सन्धि हुदै सन् १९५० लगायत का विभिन्न सन्धि सम्झौतामा उल्लेख भए अनुसार संघ संगठन खोल्ने सभा जुलुश गर्न पाउने बिरोध प्रदशन गर्न पाउने र बिशेषत समान नागरिक सरह को ब्यबहार गर्न भनिएता पनि ब्याबहारमा उही नेपाली गोर्खे बहादुर र कान्छा को नजरले हेर्ने र तुच्छ ब्यबहार गर्ने गरेको पाइन्छ । यस खालको ब्यबहार र नेपालीहरु माथि हुने अन्याय अत्याचार का बिरुद्ध संघर्षहरु भएको देखिन्छ तर पनि संघर्ष ले जुन प्रभाब बिस्तार गरेर आम प्रवासी नेपाली हरुका अधिकारहरुको रक्षा को बिषय मा आंशिक र सिमित उपलब्धि बाहेक अरु केहि गर्न सकेन ।
यो खाल को अवस्था पैदा हुनु मा हामीले दुई वटा कारण देख्यो । पहिलो नेपाल सरकारले यी समस्या लाई सम्बोधन गर्ने गरि कुटनैतिक पहल गरेको देखिएन भने दोश्रो भारत मा क्रियाशील संघ संस्था हरु को बीचमा आपसी तालमेल कायम गरि संयुक्त रुपमा संघर्ष गर्ने कुराको कमि देखिन गयो । बिचार दृष्टिकोण फरक -फरक भएपनि आम प्रवासी /आप्रवासी नेपालीहरु माथि हुने उत्पीडनको स्वरूप भने एउटै खालको छ उत्पीडन को स्वरूप साझा खाल को हुने संघर्ष र आन्दोलन आ- आफ्नै खाल को हुने कतिपय संघसंस्था हरु सिमित खालको कार्यक्रम गरेर अस्तित्वमा मात्रै रहने जुन खाल को स्तिथि बन्न गयो यो स्तिथि बाट मुक्त भई बृहिद खाल को कार्यक्रम बनाई सबै लाई एउटा साझा मंचमा उभ्यार स्वतन्त्र र निवार्धरुपमा बहस छलफल अनतर्क्रिया गरि साझा निस्कर्ष मा पुर्याउने र प्रवासी /आप्रवासी नेपाली हरुका समस्याहरु मा एकाकार बन्दै अगाडी बढ्ने उद्देश्य सहित सबै को साझा स्वतन्त्र र निस्पक्ष भूमिका निभाउने चौतारी को रुपमा यो अखिल भारत नेपाली स्वतन्त्र महासंघ भारतको गठन गरिएको हो ।
यो महासंघ कुनै राजनीतिक दल को संगठन को रुप मा परिचालित हुदै छ या स्वतन्त्र ढंग ले काम गर्छ ?
पहिलो कुरा हामीले यो महासंघ गठन को आवस्यकता , यसका कार्यका बारेमा महासंघको अवधारणा पत्रमार्फत प्रस्टाउने कोसिश गरेका छौ। दोस्रो महासंघ भूमिका को बिषय मा अघिल्लो प्रश्नको उत्तरमा संक्षिप्तमा बताई सकेको छु। हाम्रो महासंघ नेपाल भारत मा क्रियासिल कुनै पनि पार्टी र संगठन को प्रभाव मा होइन कि बरु सबै लाई एउतै साझा मंच मा लियर स्वतन्त्र निर्वाध र निस्पक्ष रुप मा प्रवासी नेपाली हरु का समस्या हरु लाई समाधान गर्ने साझा मंच को भूमिका निवार्हा गर्ने छ। अर्को तिर हाम्रो राष्ट नेपाल मा राष्टिय महत्व राख्ने खाल का राजनैतिक , आर्थिक , सामाजिक , सास्कृतिक ,सैक्षिक ,स्वास्थ्य पर्यटन रोजगार लगायत का बिषय मा सबै लाई एउटै मंचमा बहस गराई राष्टिय हित मा साझा धारणा बनाउने प्रयत्न गर्नेछौ।
महासंघ को आगामी योजना के छ ?
महासंघ को पहिलो काम भारत भरि छरिएर रहेका प्रवासी र आप्रवासी नेपालीहरु र उनिहरु ले संचालन गरेका विभिन्न खाले संघ संस्था र संगठन हरुसंग बृहिद छलफल , बहस , अन्तरक्रिया गरि महासंघ मा आवाद्ध हुन् अपिल र अनुरोध गर्ने। दोस्रो हाम्रो देश नेपाल मा दोस्रो संविधान सभा को निर्वाचन पछि नया संविधान निर्माण को पर्क्रिया मा देश अगाढी बढी रहेको सन्दर्भ मा प्रवासी नेपाली हरु का हक हित र रक्षा का बिषय हरु लाई संविधान मा उल्लेख गराउन र ति बिषय मा साझा धारणा बनाउन बृहित गोष्ठी या अन्तरक्रिया गराई साझा निस्कर्ष सहित को ज्ञापन पत्र नेपाल सरकार को सम्बन्धित निकाय सम्म पुर्याउने। तेस्रो नेपाल को समग्र बिकाश को लागि एउटा साझा अबधारणा बनाउन टेवा पुर्याउने उदस्य मा आधारित जति देश का प्रतिनिधि संग सम्भब हुन् सक्छ पहल गरि अनतराष्टिय सेमिनार को आयोजना गर्ने लगायात का भारतमा आर्थिक,सास्कृतिक पर्यटन बिकाश को लागि पहल गर्दै चेलीबेटी बेचबिखन रोक्ने लगाएत का कार्यक्रम हरु हामी हाम्रो अबधारणा पत्र मार्फत सर्बाजनिक गरि सकेका छौ।
महासंघ मा आवद्ध हुन् को लागि संघ संस्था ले कुन कुन कार्यहरु गर्नु पर्छ ? केहि बताई दिनुस न !
पहिलो कुरा भारत प्रवास मा रहेका सम्पूर्ण नेपाली हरु का समस्या मा एकाकार भयर उनिहरु का दु:ख , पिरमर्कामा एकाकार हुदै उनीहरु का हकहित र अधिकार को रक्षा गर्न संघर्ष गर्ने दृढ प्रतिबद्दता हुनु पर्यो , दोस्रो कुरा स्पस्ट लक्ष्य र उदश्य जाहेर भएको संस्था हुनु पर्यो र आफ्नो उदस्य अनुसार काम कार्य गरेको हुनु पर्यो न कि मात्र नाम अस्तित्व रहेको हुनु भएन। र महासंघ को बिधि परिधि भित्र रहेर यसको लक्ष्य र उदस्य अनुसार दृधतापुर्बक अगाडी बढ्ने संघसंस्थाहरु लाई जुन सुकै बेला पनि स्वागत गर्न तयार छौ ।
नयाँ संविधान निर्माण हुदैछ प्रवासी नेपालीहरु को कुन कुन माग हरु सम्बोधन हुनुपर्छ भन्ने लाग्छ ?
नेपाल एक बहुजातीय , बहुभाषिक , बहुधार्मिक ,बहुसास्कृतिक ,क्षेत्रीय बिबिधता भएको देश हो हाम्रो देशमा बहुरंगी फुल हरु को माला जस्तै एक -आपासमा गासियर रहेका नागरिकहरुको बसोबास छ र त्यहि माला का अलग अलग थुङ्गाका पात्रहरु हामी भारत प्रवास मा रहेका छौ। तसर्थ अबको नया संबिधानमा दलित महिला आदिबाशी जनजाति अल्पसंख्यक सिमान्तकृत् बर्ग र जातिका अधिकार हरु लाई बिसेष रुप मा किटान गरिनु पर्छ भारत प्रवास मा रहेका नेपालीहरुको जिउ धनको रक्षा ,बिमा को ब्यबस्था , मताधिकार प्रवासमै गर्ने ब्यबस्था ,परिचय पत्र को व्यवस्था ,सन्धि सम्झौता मा उल्लेखित अधिकार हरु पर्योग गर्ने व्यवस्था ,आम्दानि लाई उद्योग ब्यापार मा लगाउने बाताबरण को ब्यबस्था ,स्पस्ट विदेश नीति तय गरि आम प्रवासी नेपाली हरु को हक हित र सुरक्षा को व्यवस्था सहित प्रभावकारी कुटनैतिक पहल र सम्वन्ध को लागि जोडदार माग गर्दछौ।
नेपाली दुताबास (दिल्ली ) ले सामाजिक संस्था र राजनीतिक संस्था हरु प्रति गर्ने व्यवहार समान छ त ?
नेपाली दुताबास नेपाल सरकारको भारत स्थित आधिकारिक निकाय हो भन्ने लाग्छ र यसले सबै प्रवासी नेपालीहरु प्रती समान ब्यबहार प्रदशन गर्नु प्रद्छ भन्ने हाम्रो मान्यता हो। कहिले काही प्रशासन र प्रशासक संस्था र व्यक्ति बीच को तारतम्य ,सक्ति र नीति बोलवाला र मौनवाला बीच को दुरी बढ्न जाने कुरा पर्ती दुताबास र भर्खरै नयाँ जिम्मेवारी सहित आउनु भएका कार्यवाहक राजदुत सहित को ध्यान जाने छ भन्ने अपेक्षा गर्दै सफल कार्यकाल को सुभकामना व्यक्त गर्दछौ।
यो महासंघले देश भित्र पर्यटन तथा लगानीकर्ता भित्राउन को लागि पनि केहि काम गर्छ कि ?
हामीले महासंघको अबधरणा पत्र मार्फत आर्थिक क्षेत्रमा औधोगिक बिकाश र हाम्रो देश को पहिचान लाई उचाई मा उठाउन पर्यटन को क्षेत्र मा बिसेस महत्व का साथ काम कार्यवाहीहरु लाई ब्यबस्थापन गर्ने उदस्य सहित उद्योग ब्यापार पर्यटन क्षेत्र ब्यबस्थापन बिभागनै बनाएका छौ । नेपाल का महत्वपुर्ण पर्यटक क्षेत्र को प्रचार फोटो प्रदशनी र महोत्सवहरु को आयोजना गर्ने लगायात लगानी कर्ता हरु लाई नेपाल भित्राउने बाताबरण तयार गर्न नेपाली दुताबास को सहयोग लिई पहल गर्ने कुरा बिशेस महत्वका साथ लिएका छौ।