अर्घाखाँचीमा दस वर्षपछि लाजपुर्जा पाउदा जग्गाधनी खुसी

वीरेन्द्र केसी



सन्धिखर्क, अर्घाखाँची । दस वर्षमा जग्गाको लालपुर्जा पाएपछि नरपानीकी ७० वर्षीय केशकुमारी रेग्मीको मुहार हसिलो भयो । गाउँको भीरपाखमा रहेको जग्गाको प्रमाण सरकारी निकायमा नहुँदा किनबेच, नामसारी भएको थिएन् । गाउँमै पुगेर प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल र विशेष नापी अधिकृत नारायण रेग्मीले उनको हातमा लालपुर्जाको प्रमाणपत्र दिए । बल्ल पुर्जा पाए अब छोरालाई अंश दिन्छु, उनले भनिन, मैले धेरै दुःख पाएकी थिए, मेरो लागि यो खुसीको क्षण हो, विरामी पर्दा साह्रै दुःख भयो, जग्गा छ तर बेच्न पाईएन्, पैसा जुटाउन दुःख भयो । छोरालाई अंश नदिई मरिन्छ की भन्ने चिन्ता अब हटयो, उनले भनिन । शनिवार र आईतबार नरपनीमा पाँच सय भन्दा बढी पुर्जा वितरण भए । गाउँमै पुर्जा दिन आएको खुसीयालीमा गाउँलेले ढकाल, रेग्मी, डिएपी दिपेन्द्र जिसी, मालपोत अधिृकत झविलाल भटराई सहित सञ्चारकर्मी वीरेन्द्र केसी, अर्जुन भुसाल र नापीका कर्मचारीलाई गाउँलेले फुलमाला र अभिरले स्वागत गरेका थिए । 

 



 

दस वर्षसम्म दुःख पाईयो, नापी र मातपोतमा जाँदा केही काम नहुने थियो, ७१ वषीय धनबहादुर रानाले भने, जीवनभर दुःखजिलो गरेर जोडेको सम्पत्ती नभएजस्तो हुँदा चिन्ता लागेको थियो, हामी निर्दाेष जनतालाई अब यस्तो दुःख कहिल्यै नदिईयोस । पुर्जा लिन तिलचामले कपाल फुकेका बुढाबुढी लौरो टेकेर टाढाको गाउँबाट घण्टौ पैदल हिडेर नरपानी बजारमा आएका थिए । हिडन नसक्ने आफना वाबु आमालाई छोराछोरी र नातीनातिनाले बोकेर ल्याएका थिए । पुर्जा पाउदा दसै पर्व जस्तै लाग्यो, प्रेमबहादुर सर्यवंशीले भने, पुर्जा विहीन हुँदा हामी शरणर्थी जस्तै भएका थियौ, छिमेकीले सीमाना मिच्दा प्रमाण थिएन, अब मेरो जग्गाको सिमाना कसैले मिच्न पाउदैन् । गाउँ मै कर्मचारी तीन महिना देखी खटिएका थिए । सबै प्रमाण उतारेपछि पुर्जा दिईएको हो ।  

 



 

अहिलेसम्म कानुनी रुपमा तपाइको नाममा जग्गा थिएन, प्रजिअ ढकालले भने, पुर्जा पाएपछि अब बोलियो हुनुभयो जग्गा कसैले मिच्ने काम गर्न सक्दैन । विगतमा पाएको दुःख हटेको छ । पुर्जा वितरण गर्नु द्धन्द्धको घाउमा मलमपटी लगाउने उपाय भएको उनले बताए । २०५९ र ०६१ मा तत्कालिन विद्रोही माओवादीले सदरमुकाम आक्रमणमा परी सबै कागजपत्र जलेर नष्ट हुँदा  जिल्ला नक्सा विहीन भएको थियो । त्यसपछि २०६८ मा विशेष नापी कार्यालय स्थापना भएपनि ०६९ बाट काम गरेको  छ ।  

 


 

त्यसपछि दस वर्षसम्म अर्घाखाँची नक्सा विहीन बनेको थियो । जिल्लाका नररानी सहित, किमडाँडा, ठाडा, वाङला गाविसमा वितरण भैसकेका छन । त्यसको लागि ८७ प्राविधिक सहित दुई सय जना सहयोगी गाउँमा खटिएका छन । नापी र मोलपोत कार्यालयमा जग्गाधनीको फिलबुक पुर्जा स्रेस्ता लगायतका प्रमाण डिजिटल प्रविधिमा राखिएको छ । साउन भित्र बल्कोट, अर्घा, सितापुर वितरण गर्छौ, विशेष नापी कार्यालयका प्रमुख रेग्मीले भने, जनशक्ति र बजेट प्रयाप्त भए एक वर्ष भित्रमा अर्घाखाँचीलाई नक्सा विहीनको जिल्लाबाट मुक्त गछौ । अहिले १७ गाविसमा कर्मचारी खटिएका छन । जग्गाधनी उत्साहित छन । चार गाविसमा ४७ सय बनेका पुर्जा मध्ये ४ हजार वितरण भैसक्यो । जसमा २० प्रतिशत महिलाको नाममा पुर्जा छन ।  १६ वर्ष देखी ९० वर्षका सम्म पुर्जा लिने छन । गाउँमा व्यक्तिको सहज भएपछि सड्कको लगतकत्ता छुटाउदा समस्या परेको उनले बताए ।

 

 

 

जिल्लाभर ०४०-४२ सालमा नापी भएको थियो । त्यतिबेला ४० हजार ५ सय ५६ जना जग्गाधनी थिए, रेग्मीले भने, अहिले डेढ लाख हुनसक्ने अनुमान छ ।  त्यतिबेलाको तथ्याकं अनुसार कित्ताको संख्या २ लाख ३५ हजार ३ सय ९२ थियो अहिले १० लाख हुनसक्ने उनले बताए । यसरी बढनुको कारण अंशबण्डा, जमिन खण्डिकरण हुनु र बढदो शहरीकरण त्यसमा प्लटिङ भएको रेग्मीको भनाई छ । 


अन्य समाचारहरु