अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवनको भरतपुरमा रहेको मध्यमाञ्चलको सिंचाई विकास डिभिजन कार्यालयमा छापा मारेको छ ।
अख्तियार क्षेत्रीय कार्यालय हेटौडाका अधिकृत शेरबहादुर बस्नेतको नेतृत्वमा गएको टोलीले कार्यालयमा छापा मारेर विभिन्न कोठाबाट करिब ५ लाख रुपैयाँ बरामद गरेको छ भने कागजपत्र नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।
कार्यालयका ईन्जिनियर चक्रपाडी लामिछानेको साथबाट १ लाख , ईन्जिनियर मधुप्रसाद अधिकारको साथबाट २ लाख २८ हजार र उनको टेबुलबाट १ लाख ५० हजार बरामद भएको अख्तियारको कार्यालयले जनाएको छ । अख्तियारको कार्यालयले अहिले सोधपुछ गरिरहेको छ ।
उनीहरुले घुस लिएको रकम भागबन्डा गर्दै गरेको सुचनाका आधारमा अख्तियारको टोली छापा मार्न पुगेको स्रोतले बताएको छ । स्थानीय लामा प्रगति निर्माण सेवा कम्पनीसँग कार्यालयका कर्मचारीले घुस मागेपछि कम्पनीले घुस दिनु अगाडि नै अख्तियारलाई खवर गरेपछि टोली छापा मार्न आएको बुझिएको छ । घुस दिएको पैसाको सबै फोटोकपी गरेर ठेकेदार कम्पनीले अख्तियारमा बुझाएको थियो ।