नेकपा एमाले अध्यक्षमा संसदीय दलका नेता केपी शर्मा ओली निर्वाचित हुनुभएको छ । काठमाडौंमा जारी एमालेको नवौं महाधिवेशनबाट ओली अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
वरिष्ठ नेता माधवकुमार नेपाललाई ५५ मताले पराजित गर्दै ओली विजयी हुनुभएको हो । ओलीले एक हजार दुई र नेपालले ९ सय ५७ मत पाउनुभएको छ ।
यस्तै महासचिवमा ईश्वर पोखरेल विजयी हुनुभएको छ । एमाले निर्वाचन कमिटीले भने आधिकारिक विवरण सार्वजनिक गरेको छैन ।
पदाधिकारी सहित १ सय ५८ सदस्यका लागि ३ सय ३५ जना चुनावी प्रतिस्पर्धामा छन् ।
चुनावी प्रतिस्पर्धामा माधवकुमार नेपाल र केपी शर्मा ओलीको अलग अलग प्यानल छ भने १७ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । २ हजार १ सय ७६ जना प्रतिनिधिमध्ये २ हजार १ सय ५२ जनाले मतदान गरेका थिए ।