भुवन के.सी.
जुलाई १५, कतार । अर्घाखाँचीको भगवती गाविसबाट कतारमा कार्यरत युवाहरुले मन्दिर निर्माण गर्नका लागी पैसा संकलन गरि पठाएका छन् । रोजगारीका लागी कतार पुगेका भगवती गाविस निवासी सुदिप पाण्डेको पहलमा भगवती गाविस वार्ड नं ५ ताराखसेमा शिवालय मन्दिर निर्माणको लागी नेपाली रुपैया ४१ हजार संकलन गरि पठाएका हुन् ।
भगवती गाविस ५ वाइगाउ निवासी हाल कतारमा कार्यरत सामाजिक कार्यमा चासो राख्ने युवा सुदिप पाण्डे कतारमा विभिन्न सामाजिक सस्थामा क्रियाशिल व्यत्तित्व हुन । अर्घाखाँची सेवा समाज कतार तथा भगवती गाविसका युवाहरुलाई एकिकृत गरि संचालन गरिएको भगवती वचत तथ ऋण सहकारी सस्था कतारका सचिव पनि रहेका पाण्डेले यस अघि पनि विभिन्न सामाजिक कार्यका लागी सहयोग रकम तथा सामाग्री पठाइसकेका छन् । गाउघरमा अन्य देवि देवताहरुको मन्दिर भएको तर शिवालय मन्दिर नभएकोले उक्त मन्दिर बनाउनको लागी पहल गरेको बताउछन् ।
युवाहरुमा आफनो गाँउठाउको लागी केही गर्नुपर्छ भन्ने भावना जाग्नु अत्यन्तै राम्रो कुरा हो सुदिप पाण्डेले धेरै राम्रो सोच राखेर यो सहयोग गर्दैहुनुन्छ यस्तै भावना सवैमा हुनेहो भने समाजलाई धेरै सहयोग मिल्ने थियो भन्नुहुन्छ अर्घाखाँची भगवती निवासी नेत्र प्रसाद पाण्डे उहाँ आफनो कतार बसाईलाई पुरा गरि नेपाल र्फकदै हुनुन्छ सोहि अवसर पारि कतारमा क्रियाशिल अर्घाखाँची सेवा समाज र श्री भगवती बचत तथा ऋण सहकारी सस्था कतारले छुटटा छुटटै विदाई कार्यक्रम समेत गरेका थिए । मेरो उद्देश्य आफनो गाउ ठाउ समाजलाई केहि ठोस सहयोग गरौ भन्ने हो त्यहि अनुरुप मैले आफुले सके सम्मको सहयोग गर्दै आइरहेको छु सुदिप पाण्डेले कुराकानीको क्रममा बताउनुभयो ।