इजरायल र पेलेस्टाइनी संगठन हमासबीच सम्झौता नहुँदा इजरायलद्धारा फेरि हवाई आक्रमण तीब्र

आषाढ ३२ । इजरायल र पेलेष्टाइनबीच गत सातादेखि चलेको संघर्षका क्रममा मारिनेको संख्या २ सय नाघेको छ भने हजारौं पलायन भएका छन् । इजरायल र पेलेस्टाइनी संगठन हमासबीच सम्झौता नहुँदा इजरायलले फेरि हवाई आक्रमण तीब्र पारेको छ ।
साथै इजरायलले पूर्वी गाजा क्षेत्रका सर्वसाधारणलाई घर छाडेर जान चेतावनी दिएपछि स्थानीय बास्ािन्दा थातथलो छोड्न बाध्य भएका छन् । 
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा आक्रमण गर्नुबाहेक आफूहरुसँग कुनै उपाय नभएको जनाउँदै सर्वसाधारणसँग क्षमायाचना पनि गरेका छन् ।
AGENCIES