कमैया मुक्ति घोषणा भएको १४ वर्ष पुगिसक्दा पनि मुक्त कमैयाहरुको समस्या जस्ताको तस्तै

बर्दिया, श्रावण २ । आज मुक्त कमैया दिवस । कमैया मुक्ति घोषणा भएको १४ वर्ष पुगिसक्दा पनि मुक्त कमैयाहरुको समस्या जस्ताको तस्तै छ ।
मध्य तथा सुदुरपश्चिमका पाँच जिल्ला दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा रहेका कमैयालाई तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले २०५७ साल श्रावन २ गते मुक्त घोषित गरेको थियो ।
मुक्त घोषणासँगै सरकारले कमैयाहरुका लागि जग्गा, घर बनाउने काठ उपलब्ध गराई लागेको ऋण मिनाह गरेको थियो । तर, मुक्त भएको एक दशक बितिसक्दा पनि उचित पुनःस्थापना र राहत नपाउँदा मुक्त कमैया कष्टपूर्ण जीवन बिताउन बाध्य छन् ।
मुक्त कमैयाका क्षेत्रमा कार्यरत मानवअधिकारवादी संस्था र थारु अगुवाहरुले मुक्त कमैयाको पुर्नस्थापना गर्न र कम्लहरी राख्ने प्रचलनको अन्त्य गर्न सरकारसँग माग गरेका छन् । IMAGEKHABAR