कञ्चनपुर, श्रावण ३ । पहाडी क्षेत्रमा चार दिनदेखि लगातारको बर्षाका कारण महाकाली नदीको जलस्तर बढेको छ ।
जलस्तर बढेर पानीको बहाव डेढ लाख क्यूसेक पुगेको जनाएको छ । पानीको बहाव एक लाख नाघेपछि खतराको संकेतका रुपमा लिने गरिन्छ ।
पानीको बहाव बढेसंगै बनबसा पुलमा ठूला सवारी साधनमाको आवतजावतमा रोक लगाइएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक राजेन्द्र बहादुर चन्दले जानकारी दिए ।
नदीमा पानीको सतह बढेपछि तटीय क्षेत्रमा वासिन्दा बाढी आउने चिन्तामा परेका छन् । महाकाली किनारका दोधारा, चाँदनी, भुजेला, ऐरी, ओदाली, पिपरिया लगायतका क्षेत्रमा सुरक्षा परिचालन गरिएको छ । IMAGEKHABAR