श्रावण ३ । इराकको मोसुलमा इस्लामिक लडाकुहरुले ज्यान लिने धम्की दिएपछि क्रिस्चियन समुदायका मानिसहरु भागेका छन् । लडाकुहरुले इस्लाम धर्म स्वीकार गर्न वा सुरक्षा कर तिर्न धम्की दिएका थिए ।
इस्लामिक स्टेट इन इराक एन्ड सिरिया (आइएसआइएस)ले दिएको चेतावनी स्थानीय मस्जिदहरुमा पढेर सुनाइएको थियो । आइएसआइएसले क्रिस्चियनहरुलाई शनिबार मध्य दिनसम्म आदेश पालना गर्न वा उत्तरी सहर नछाडे मृत्युको सामनाका लागि तयार रहन चेतावनी दिएको थियो । यो चेतावनी लगत्तैक्रिस्चियनहरु छिमेकी स्वायत्त कुर्दिस्तान क्षेत्रतर्फ पलायन भैरहेको बताइएको छ ।
इराकको इतिहासमा पहिलो पटक मोसुल क्रिस्चियनविहीन भएको बीबीसीले जनाएको छ । आइएसआइएसले इराक र सिरियाका धेरै सहरमा नियन्त्रण कायम गरेको छ ।
आइएसआइएसले गत फेब्रुअरीमा सिरियाली सहर राक्कामा पनि क्रिस्चियन समुदायविरुद्ध यस्तै चेतावनी दिएको थियो । Agencies