श्रावण ४ । मलेशियाली विमान दुर्घटनाको अनुसन्धान बिना अवरोध गर्ने व्यवस्था मिलाउन पश्चिमा राष्ट्रहरुले रुससँग आग्रह गरेका छन् । रुस समर्थित पृथकतावादीहरुले मिसाइल प्रहार गरी मलेशियन एअरलाइन्सको विमान खसालेको आशंका विश्वभरले गरिरहेका बेला अनुसान्धानमै अवरोध गरेपछि पश्चिमा राष्ट्रहरुले रुससँग उक्त आग्रह गरेका हुन् ।
justify;”>डच प्रधानमन्त्री मार्क रुटले रुसी राष्ट्रपति भ्लादिमीर पुटिनलाई फोन गरी सबैभन्दा बढी आफ्ना नागरिक मारिएको उक्त घटनाको पूर्ण र निष्पक्ष छानबीनमा सघाउने व्यवस्था मिलाउन आग्रह गरेका हुन् । यस्तै, अमेरिका र ब्रिटेनले पनि पूर्ण पहुँचको व्यवस्था मिलाउन आग्रह गरेका छन् ।
अनुसन्धानकर्ताहरुलाई प्रवेश नदिई पृथकतावादीले दुर्घटनास्थलबाट प्रमाणहरु नै नष्ट गर्न खोजेको आरोप युक्रेनले लगाएको छ । २ सय ९८ जनाको मृत्यु हुने विमान खसालेको आरोप भने यूक्रेन र रुसी पृथकतावादीले एकार्कामाथि लगाउँदै आएका छन् ।
विमान दूर्घटनाबारे अनुसन्धान गर्न यूरोपेली सुरक्षा एवं सहयोग संगठन ओएससीईको टोली डोनेत्स्क पुगेपनि रुस समर्थित पृथकतावादीको अवरोधका कारण काम हुन सकेको छैन । दुर्घटनाग्रस्त आसपासको क्षेत्र हतियारधारीको नियन्त्रणमा रहेको र उनीहरु मध्येबाट हावामा गोली हानिएको जनाइएको छ ।
बोईङ ७७७ नेदरल्याण्डस्को आम्र्सटडमबाट मलेशियाको क्वालालाम्पुरतर्फ जांदै गरेको उक्त विमान युक्रेनको द्वन्द्वग्रस्त क्षेत्र डोनेत्स्क नजिकबाट रुसको भागतर्फ अगाडि बढ्नै लाग्दा आकाशबाट जल्दै खसेको थियो । रुसले क्राइमिया नियन्त्रणमा लिएपछि युक्रेन र रुसवीच तनाव जारी छ । AGENCIES