काठमाडौं, श्रावण ४ । पूर्व राजा ज्ञानेन्द्र शाह अर्को सातादेखि फेरि सरकारले उपलब्ध गराएको नागार्जुन दरबारमा सर्ने भएका छन् । शाह लामो समयदेखि आफ्नै घर निर्मल निवासमा बस्दै आएका थिए ।
थाईल्याण्डमा लामो समयदेखि बसिरहेका पूर्व युवराज पारस नेपाल आउने भएपछि ज्ञानेन्द्र नागार्जुन सर्न लागेको खबर सार्वजनिक भएपनि त्यसमा सत्यता नभएको निर्मल निवास स्रोतले जनाएको छ ।
उता पारस भने प्रवेशाज्ञा अवधि सकिएकाले यही साउन २१ गते थाइल्याण्डबाट नेपाल फर्कदै छन् । नेपाल फर्केपनि पारसलाई निर्मल निवासमा प्रवेश नदिइने भएको, विश्वस्त सूत्रले दावी गरेको छ ।
विभिन्न काण्डमा मुछिएका पारस प्रेमिकासँगै वा एक्लै आएपनि निर्मल निवासमा भने प्रवेश नदिने निर्णय पूर्व राजा ज्ञानेन्द्र शाहले गर्नुभएको निर्मल निवास श्रोतले जनाएको हो ।
नेपालमै छँदा पनि चितवन गोली काण्डलगायतमा मुछिएका पारसको सुरक्षा सुविधा पनि सरकारले हटाइसकेको छ ।
थाइल्याण्डमा पनि विभिन्न काण्डमा उनले पटक पटक प्रहरी नियन्त्रणमा पुगिसकेका थिए । यस्तोमा नेपाल फर्केर पनि पूर्व युवराज पारस कहाँ बस्नेछन् भन्ने टुंगो लागेको छैन । IMAGEKHABAR