एमालेले माग्यो निर्वाचन क्षेत्रका लागि ५ करोड

सत्ता सहयात्री दल नेकपा एमालेले हरेक निर्वाचन क्षेत्रको विकासका लागि पाँच करोड रुपैयाँ नछुट्टाए बजेट पारित हुन नदिने चेतावनी दिएको छ ।हरेक क्षेत्रबाट यसको विरोध भइरहेका बेला संविधानसभा भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकपछि एमाले सभासद् राजेन्द्र पाण्डेले राष्ट्रिय योजना आयोगबाट सच्चाएर ५ करोड नदिए संसदमा एमाले बजेटको विपक्षमा उभिने बताउनुभयो ।बजेटमा पाँच करोड रुपैयाँ दिनुपर्ने सभाषदको माग सम्बोधन गर्न सरकारले तत्कालका लागि हरेक निर्बाचन क्षेत्रमा सभाषदको योजना कार्यन्वयनका लागि १ करोड रुपैयाँ दिने घोषणा गरेको थियो ।
सभासद्हरुले बजेट निर्माण गर्दा सरकारमा सहभागि एमालेका मन्त्रीहरुले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै आलोचना गरेका थिए । बैठकले बृद्ध, महिला, अपाङ्ग लगायतका लािग बिनियोजन गरेको बजेट बढाउनु पर्ने र हरेक गाविसलाई ५० लाखका दरले बजेट बिनियोजना गराउन सरकारलाई दवाव दिने निर्णय पनि गरेको छ । एमाले सभासद्ले सबै क्षेत्रमा समान रुपले बजेट बिनियोजन नभएको भन्दै सरकारको आलोचना गरेका छन् ।