सप्तकोशीमा पानीको बहाव बर्षकै धेरै-कोशी ब्यारेजमा खतराको बत्ती

पूर्वी क्षेत्रमा लगातार वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । आइतबार सप्तकोशीमा पानीको बहाव यसवर्षकै उच्च दुई लाख ३० हजार क्युसेक मापन गरिएको छ ।
यसअघि असार ९ गते पानीको बहाव २ लाख ११ हजार तीन सय क्युसेक मापन गरिएको थियो  । पानीको बहाव एक्कासी बढेपछि कोशी ब्यारेजमा खतराको रातो बत्ती बालिएको छ ।
अहिले आत्तिनुपर्ने अवस्था नरहेपनि खतराको संकेत भने सुरु भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी सुदर्शनप्रसाद ढकालले बताउनुभयो ।