कांग्रेस अर्घाखाँचीको आयोजनामा जिल्ला अस्पताल सन्धिखर्कका बिरामीलाइ फलफुल बितरण

-प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची ६ साउन । बिपि स्मृति दिवसको अबसरमा अर्घाखाँचीमा पनि बिभिन्न कार्यक्रम हुदै छन । नेपाली कांग्रेस जिल्ला कार्य समिति अर्घाखाँचीको आयोजनामा जिल्ला अस्पताल सन्धिखर्कका बिरामीलाइ फलफुल बितरण गरिएको छ । 
  फलफुल बितरण कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति कमल प्रसाद भुसाल, जिल्ला अस्पतालका प्रमुख डा. जगन्नाथ तिवारी, काग्रेसका जिल्ला सचिब बासुदेब आचार्य, लोकेन्द्र बिक, कोषाध्यक्ष हरिबहादुर खड्का, जिल्ला सदस्यहरु कृष्ण प्रसाद खनाल, गोपाल भुसाल, अशोक श्रेष्ठ, ज्ञानबहादुर बिक, महासमिति सदस्य लक्ष्मी श्रेष्ठ, महाधीबेसन प्रतिनिधि कमल बिक, क्षेत्रीय सदस्य केसब रिजाल, गाबिस सभापतिहरु नेत्र प्रसाद भट्टराई, हुमप्रसाद बन्जाडे, बिष्णु भुसाल लगायतको उपस्थिति रहेको थियो । 
आज दिउसो पाणिनि बहुमुखी क्याम्पसको प्रांगणमा बृक्षारोपण कार्यक्रमको आयोजना गरिएको नेपाली काग्रेस अर्घाखाँचीले बताएको छ । 

अन्य समाचारहरु