संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा बिहीबारदेखि राज्य पुनर्संरचनाका विषयमा छलफल हुँदैछ ।
बिहीबार विहान समितिको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा राज्य पुनर्संरचना गर्दा बनाइने प्रदेशका नाम, सीमा, आधार, अग्राधिकार लगायतका विषयमा छलफल गर्ने तयारी छ ।
संविधान निर्माणको सबैभन्दा जटिल विषय मानिएको राज्य पुनर्संरचनामा दलहरुबीच सहमति जुट्न बाँकी छ । बिहीबारदेखि विवादित विषयमा सहमति जुटाउने प्रयास हुने समितिका सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।
यसअघि समितिले अघिल्लो संविधानसभाको संवैधानिक समितिले गरेका कामको स्वामित्व लिएको थियो भने राज्य पुनर्संरचनाका विवादीत विषयमा समेत एकसरो छलफल गरेको थियो ।