३ दिने भ्रमणका लागि भारतीय विदेशमन्त्री काठमाडौंमा – विदेश मन्त्री स्तरीय बैठक हुने,विद्युत व्यापार सम्झौता हुने सम्भावना कम

भारतकी विदेशमन्त्री सुष्मा स्वराज ३ दिने नेपाल भ्रमणका लागि काठमाडौं आईपुग्नु भएको छ ।शुक्रबार बेलुकी ६ वजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएकी विदेशमन्त्री स्वराजलाई परराष्ट्रमन्त्रालयका निमित्त सचिब शंकरदास बैरागीसहित 
मन्त्रालयका अधिकारीले स्वागत गर्नुभयो ।
भारतीय विदेशमन्त्री स्वराजले भारतले नेपाललाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले आफ्नो पार्टीको नेतृत्वमा सरकार बनेको २ महिनामै आफ्नो नेपाल भ्रमण भएको भन्दै यसले पनि नेपाल भारतको उच्च प्राथमिकतामा छ भन्ने देखाएको बताउनुभयो ।
विदेश मन्त्री स्तरीय बैठक हुने
विदेशमन्त्री स्वराजले भोली २३ वर्षपछि हुन लागेको विदेश मन्त्री स्तरीय नेपाल भारत संयुक्त आयोग बैठकको सह