झण्डै ५ करोड रुपैयाँ बराबरको बराबरको दश किलो सुनसहित पक्राउ परेका एक जनालाई जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनिक गरेको छ ।
शरीरको विभिन्न भागमा लुकाई बसमा यात्रु भई लैजाँदै गरेको १० किलो सुनको विस्कुटसहित प्रहरीले शुक्रबार दिउँसो बझाङ्को मेलविसौना गाविस ४ बस्ने २१ वर्षीय खम्वीर रौल्यालाई पक्राउ गरेको थियो ।
उनी किङ्स कलेज बिबिएमा अध्ययनरत रहेको प्रहरीले जनाएको छ ।
काडमाडौबाट धरान जाँदै गरेको ना ४ ख ६०९८ नम्बरको बसमा सुन लैजाँदै गरेको सुराकीको आधारमा जानकारी पाएपछि चेकजाँच गर्दा सुन सहित उनलाई पक्राउ गरिएको शनिबार भएको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।
रौल्याको साथबाट १० किलो बराबर १० वटा सुनको विस्कुटसहित अन्य १० हजार रुपैयाँ र एक थान मोवाईलसमेत बरामद गरेको प्रहरीले पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ । पक्राउ परेको सुन करिब ४ करोड ८० लाख रुपैयाँ बराबरको रहेको हुन सक्ने उपरीक्षक सुवेदीको भनाई छ ।