आगामी साउन १८ गते आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसद्लाई सम्बोधन गर्ने भएका छन्।भारतीय विदेश मन्त्री सुष्मा स्वराजले शनिबार बिहान सभामुख सुबासचन्द्र नेम्बाङसँगको भेट वार्ताको क्रममा यस्तो निर्णय भएको हो।
कुनै पनि देशका राष्ट्र र सरकार प्रमुख तथा संयुक्त राष्ट्रसंघका महासचिवले व्यवस्थापिका संसद्लाई सम्बोधन गर्न पाउने व्यवस्था गरिएपछि मोदीले संसद्को बैठकलाइ संवोधन गर्न लागेका हुन्।
मोदी नेपाली संसदलाई सम्बोधन गर्ने पहिलो विदेशी सरकार प्रमुख हुनेछन्। यसअघि संसद नियमावलीमा यस्तो व्यवस्था नहुँदा राष्टसंघका महासचिव वान कि मुनले सभासदलाई संसद्को लोत्से हलमा सम्बोधन गरेका थिए।
स्रोतका अनुसार दुई नेपाल भारतबीच दुई पक्षिय सम्बन्धका अतिरिक्त दुई देशको संसदीय समूहको आदानप्रदानलाई पुनर्जिवित गर्ने सहमती पनि दुई नेताबीचको छलफलमा भएको थियो।
भेटमा एक आपसमा संसददीय सहयोग आदान प्रदान गर्ने विषयमा पनि छलफल भएको थियो।