– वीरेन्द्र केसी
अर्घाखाँची – पर्यटकीय स्थल नरपानीमा होमस्टे खुलेका छन । धार्मिक पर्यटकीय स्थल सुपादेउराली नजिकै नरपानीको वातावरणले होमस्टेमा आउने पाहुनाको लागि मन आनन्दित बनाउछ । हरियाली डाडापाखा र चिसो हावापानी यहाको विशेषता हो ।
चर्को गर्मी समयमा न्यानो सिरक ओडन् पर्ने र न्यानो कपडा लगाउनर्ुपर्ने भएकाले तर्राईका विभिन्न शहरबजारबाट गर्मी छल्न यहा आउनेको भीडभाड नै हुन्छ ।
चिसो हावापानीमा पकाएको खानाको स्वाद र जंगलमा जडिबुटी खुवाएर पालेको बोकाको मासुर्,र् इन्डियन, चाईनिज र नेपाली परिकारको खानाको फरक स्वादले आन्तरिक पर्यटकलाई थप आकषिर्त गरेको छ ।
स्थानीय उत्पादन साग, तरकारी, टिमुरको अचार, लोकल कुखुरो, बोका, लोकल मदिरा सगै चाईनिज र् इन्डियन र नेपाली खानाका परिकार खुवाईन्छ, होमस्टे सञ्चालक अर्जुन केसीले भने, पाहुनाको आग्रह अनुसार परिकार बनाईन्छ ।
दैनिक पचास देखी सय जनासम्म पाहुना आउने उनले बताए । भारतमा नोकरी छाडेर पिताम्बर चुदाली र केसीले ५० लाख रुपैयाको लागनीमा झण्डै डेढ रोपनी जग्गामा होमस्टे शुरु गरेका छन । सदरमुकामसँगै धेरैजसो तर्राईका शहरबाट घुम्न आउने पर्यटक रहेको उनले बताए । टाठाबाट पुजा गर्न आएका भक्तजनले सुपादेउराली मन्दिरमा चढाएको बोका होमस्टेमा ल्याएर प्रसाद खाने गर्छन । भारत र नेपालका अन्य ठाउँमा घुम्न आउने पर्यटककै कारण आम्दानीको मुख्य स्रोत बनेको चुदालीले बताए । सँगै अन्य रिसोर्टहरु पनि खुलेका छन ।
पर्यटक धेरै आएपछि नरपानीकै गाउँमा सामुदायिक होमस्टे सञ्चालनको तयारी भैरहेको छ । सञ्चालक पदम बहादुर केसीका अनुसार सात करोड रुपैयाको लगानीमा निर्माण हुन लागेको होमस्टेका ५० जना स्थानीय गाउँले शेयर सदस्य छन । होमस्टे वरिपरीका शेयर सदस्य भएका सबै घरमा पाउनाको लागि बस्ने व्यवस्था गरिनेछ । खान, बस्ने, खेल्ने, नाच्ने गाउँने मगर संस्कृती देखी सबै सुविधा सम्पन्न होमस्टे सञ्चालनको तयारी गरिएको उनको दावी छ । नरपानी घुम्न आउने पर्यटक दिनभर रमाउने गर्छन । पुस माघ तिर यहाँ हिउ तुषारो पर्ने पानी जम्ने भएका कारण त्यतिखेर सुनसान नै हुन्छ । गर्मीको बेला भीडभाड हुन्छ भने अरु बेला अलि कम पर्यटक हुन्छन्, सञ्चालक चुदालीले भने । होमस्टे नजिकै घर भएको सभाषद दुमन थापाले नरपानी क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न गुरु योजनाका साथ आफु लागि परेको बताए । बुटवलबाट यहा गाडीमा साढे दुई घण्टामा आईपुगिन्छ ।
मनको इच्छा पुरा हुने विश्वासले कपिलवस्तु, दाङ, बुटवल, चितवन, भैरहवा, परासी देखी काठमाडौ लगायत देशका विभिन्न शहरबाट सुपा देउरालीमा आउने गर्छन ।
तिनै पर्यटक नरपानीको नर्तनाञ्चलबाट आधा नेपालको भुभाग हेर्ने र खाँची दरवारमा पुगेर सन्धिखर्क सदरमुकाम हेर्ने गर्छन । भारतबाट पनि उत्तिकै आउछन । गोरुसिंगे सन्धिखर्क सडकमै मन्दिर र होमस्टे रहेकाले पर्यटकलाई सजिलो भएको छ ।
नेपालका विभिन्न ठाउँ र भारतबाट समेत सुपादेउरालीमा दर्शन गर्न आउछन, मन्दिर सञ्चालक समितिका अध्यक्ष गोवद्धन थापाले भने, त्यसपछि नरपानी गएर खानाका परिकार खाने घुम्ने र नजिकै रहेको ऐतिहासिक खाँची दरवारमा घुम्न जाने गर्छन । खाची दरवार त्यस्तो ठाउँ हो जति बेला पृथवीनारायण शाहले यहीबाट नेपाल एकीकरण गर्ने योजना बनाएका थिए । नरपानीको नर्तनाञ्चल पर्वत र खाँचीबाट नेपालको आधाजसो भुभाग देख्न सकिन्छ । होमस्टेले पर्यटकलाई थप आकर्षा गरेको छ ।