तेह्रथुमका कृषकहरुद्धारा कृषिजन्य वस्तुको निकासी करमा मूल्य बढाएको भन्दै यातायात बन्द

तेह्रथुम, श्रावण १४ । तेह्रथुमका कृषकहरुले  जिल्लामा यातायात बन्द गराएका छन् । जिल्ला विकास समिति तेह्रथुमले कृषिजन्य वस्तुको निकासी करमा मूल्य बढाएको भन्दै कृषक र ब्यापारीले यातायात बन्द गराएका हुन् ।


बन्दका कारण लामो तथा छोटो दुरीका यातायातका साधन चल्न सकेका छैनन् । तेह्रथुम हुँदै सखुवासभा जाने यातायातका साधन  समेत तेह्रथुमको चित्रे वजारमा अलपत्र परेका छन् ।

जिल्ला विकास समितिले मूल्य नघटाए कडा आन्दोलन गर्ने चेतावनी कृषकले दिएका छन् । १६ गतेसम्म पनि माग पूरा नभए आमहड्ताल गर्ने चेतावनी उनीहरुको छ । IMAGEKHABAR