विपीको सम्झनामा अर्घाखाँचीमा वृक्षरोपण

(पहिलो प्रकासित: २०७१ श्रावण ८, विहीवार)



– वीरेन्द्र केसी



वीपी कोईरालाको सम्झनामा काग्रेसले वृक्षरोपण र विरामीलाई फलफुल वितरण गरेको छ । पाणिनी बहुमुखी क्याम्पसको प्राङगणमा विरुवा रोपेको छ । जिल्ला अस्पतालका विरामीलाई फलफुल वितरण पनि गरेको छ । ५० भन्दा बढी विरामीलाई फलफुल र क्याम्पसमा वृक्षरोपण गर्दै विपीको नीति जहिलेपनि उत्तिकै महत्व रहेको बोल्ने बक्ताहरुले जनाए । 

 



 

प्रजातन्त्रको लर्डाईमा काग्रेसले वृक्षरोपण गर्ने तर उतिबेलाको सरकारले प्रहरी लगाएर विरुवा उखेलिदिने गरेको स्मरण गर्दै काग्रेस सभापति कमलप्रसाद भुसालले गरिब र दुःखीको पक्षमा विपी रहेकाले विरामीलाई सम्झना स्वरुप फलफुल वितरण गरिएको बताए । 

 



 

विपीको सम्झनामा काग्रेसले भदौ ६ गतेसम्म विभिन्न कार्यक्रम गर्ने जनाएको छ । विचार गोष्ठी, अन्तरक्रिया सगै वृक्षरोपण र गाउँसम्म संगठन विस्तार गर्नेछ । विपीको आदर्श र विचारलाई गाउसम्म पुर्‍याउन एक महिने कार्यक्रम गरिने उनले बताए । 

 



 

जसका लागि जिल्ला कार्यसमितिका सबै पदाधिकारी सदस्य, महासमिति प्रतिनिधि खटाउने छन । काग्रेसको गढ क्षेत्र मानिएको अर्घाखाँचीमा दोस्रो संविधानसभा चुनावमा दुवै क्षेत्रबाट पराजित भएपछि आउदो चुनावमा पुरानो अस्तित्व फर्काउने उद्देश्य पनि रहेको काग्रेसले जनाएको छ । 

 



 

कार्यक्रममा काग्रेस नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । 

 

अन्य समाचारहरु