श्रावण १५ । गाजामा संयुक्त राष्ट्रसंघले शरणार्थीहरुका लागि चलाइरहेको विद्यालय भवनमै इजरायलले आक्रमण गरेकामा राष्ट्रसंघ, अमेरिकालगायतले निन्दा गरेका छन् ।
हमास र इजरायलको आक्रमणको चपेटबाट सुरक्षित हुन विद्यालयमा शरण लिइरहेका निहत्था सर्वसधारणमाथि आक्रमण हुन थालेपछि राष्ट्रसंघ र अमेरिकाले इजरायली कदमको आलोचना गरेका हुन् । राष्ट्रसंघका महासचिव बान कि मूनले विद्यालयमा शरण लिइरहेका १७ जनाको हत्या गरिनु बर्बरताको प्रतीक भएको टिप्पणी गरेका छन् ।
इजरायली सैनिकको कार्वाहीमा हिजो मात्र थप एक सय ६ प्यालेष्टायनी सर्वसाधारण मारिएका छन् । सर्वसाधारणले तरकारी र फलफूल खरिद गरिरहेका समयमा गरिएको आक्रमणमा सयौं घाइते बनेका छन् ।
एक जना स्थानीय पत्रकार पनि मारिएका छन् । शरणार्थी शिविरहरुमा गरिएका आक्रमण कुनै हालतमा स्वीकार्य हुनै नसक्ने भन्दै महासचिव बानले घटनाको छानबीन गरी कानूनी कठघरामा ल्याइनुपर्ने उल्लेख गरे । सुतिरहेका बालबालिकामाथि आक्रमण गर्नुजस्तो निन्दनीय र लाजमर्दो घटना अरु के होला, बानले भनेका छन् ।
युद्ध रोक्न आफूले गरेका पटक पटकको आग्रह लत्याइरहेका सन्दर्भमा राष्ट्रसंघीय अधिकारीहरुले भनेका छन्,