व्यवस्थापिका संसद सार्वजनिक लेखा समितिको सभापतिमा एकीकृत माओवादीका सभासद जनार्दन शर्मा निर्विरोध निर्वाचित

काठमाडौं, श्रावण १६ । व्यवस्थापिका संसद सार्वजनिक लेखा समितिको सभापतिमा एकीकृत माओवादीका सभासद जनार्दन शर्मा निर्विरोध निर्वाचित भएका छन् । आज बसेको समितिको बैठकमा शर्मा निर्विरोध समितिको सभापति चयन भएको घोषणा गर्दै सपथ दिलाइएको थियो ।
सरकारी लेखा गतिविधिको अनुगमन गर्ने अख्तियारी पाएको संसदको लेखा समिति विपक्षी दललाई दिने प्रचलन रहँदै आएको छ । यसैअनुसार साना दलकोसमेत समर्थनमा समितिको सभापतिमा शर्माको मात्रै उम्मेदवारी परेको थियो ।
संसदका अरु समितिको सभापतिका सम्बन्धमा भने अझै निर्णय हुन सकेको छैन । कांग्रेस र एमालेबीच कुन