काठमाडौं, श्रावण १६ । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले संविधान निर्माणमा देखिएका मुख्य विवादित मुद्दाहरुमा अबको एक महिनाभित्र सहमति जुट्ने बताएका छन् ।
समितिले अहिलेसम्म गरेका कामबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा भट्टराईले अबको एक महिनाको समय निकै नै महत्वपूर्ण रहेको बताए ।
सहमति हुन बाँकी रहेका शासकीय स्वरुप, संघीयता, न्याय प्रणाली लगायतका विषयमा सहमतिका लागि दलका नेताहरुसँग एक्लाएक्लै वार्ता भईरहेको भन्दै भट्टराइले वार्ता टुंगोमा नपुगेसम्म सार्वजनिक नगर्ने सहमति भएको पनि बताए । IMAGEKHABAR