सुनकोशीको जुरेमा पहिरोमा पुरिएका ८ जनाको शव फेला, सयौ घर बिहिन

सुनकोशीको जुरेमा पहिरो भासिएर बनेको ताल अब नबढ्ने भएको छ। पहिरोले बनेको बाँधको उत्तरपट्टिबाट पानी बग्न थालेको छ। सेना सहितको उद्वार टोलीका सदस्य श्रीकमल द्विवेदीका अनुसार बाँधको उत्तरपट्टीबाट आफै खोतलिएको छ।
‘अब नदीको जमेको पानीको सतह नबढ्ने भएको छ,’ द्विवेदीले सेतोपाटीलाई भने, ‘प्राविधिक टोलीले आवश्यक सतर्कता अपनाएको छ।’ बिहान तीन बजे खसेको भीषण पहिरोले सुनकोशी नदी छेकिएर झण्डैं चार किलोमिटर लामो ताल बनेको छ। पहिरोले बनाएको बाँधको उँचाई चालीस मिटर छ। यसले ताल विष्फोटको खतरा न्यून भएको प्राविधिकहरुले बताएका छन् ।
हालसम्म पहिरोमा पुरिएका ८ जनाको शव फेला परेको छ। १६ जनालाई भने जिवितै उद्धार गरी विभिन्न अस्पताल पठाइएको  छ। प्रहरी र स्थानीयका अनुसार कम्तिमा डेढ सय घर पुरिएको छ भने तीन सय जना हराइरहेका छन्। मृतक कसैको सनाखत नभएको प्रहरीले जनाएको छ। 
समाचार स्रोत: नेपाली संचारमाध्यमहरु