अर्घाखाँचीमा बाँदरले गर्दा समस्या

अर्घाखाँचीका गाउंमा अहिले बाँदरको समस्या बढेको छ । गाउघरमा बाँदरको समस्या बढे पछि अन्नबाली स्याहर्न गाउलेहरुलाई अफ्ठ्यारो परेको छ ।   
मान्छेभन्दा ज्याद्रो जातको आँखा परेपछि के लाग्छ ? बाँदरको समस्याले गर्दा प्रभावित गाउलेहरु यसै भन्छन । 
घरछेउका घर खेतहरुमा बाँदरको आक्रमण बढे पछि अर्घाखाँचीका बिभिन्न गाविसका गाउलेहरु समस्यामा परेका हुन । 
कृषि प्रधान देश कृषि गर्यौ बाँदर रमाउने आफ्नो पेट भोकै रहने , कामको बेला बाँदर लखेटेर बस्नु पर्ने , अरु बेला के खाने गाउले हरु अब खेतीपाती समेत गर्न अरुची राख्न लागेको गाउलेहरु बताउछन । सबै गाउले मिलेर बाँदर धपाउने काम गरे पनि बाँदरले समेत टेर्न छोडेको धारापानीका कृष्ण भुसालले गुनासो गर्नु भयो । बादर जङलमा मात्र होइन घरमै आएर आक्रमण गर्न लागेको उहाको भनाइ छ । ‘खाएको त खान्छ नखाएको मकै समेत भाचेर बर्बाद पार्यौ’ बल्कोटका झबिलाल कुमालले बताए । 
गाउमा युवाहरु कोही नहुँदा झन बाँदर लखेट्न समेत समस्या पर्ने गरेको गाउलेको भनाइ छ । गाउका दुई देखी ५ जना सम्म सबै बिदेश लागे , गाउमा बाँदर आउँदा समेत धपाउने मान्छे छैन – चिदिकाका रमेश लम्सालले भने । 
महिला , केटाकेटी र ब्रिदालाई समेत बाँदरले नटेरे पछि बाँदर लखेट्न सकिएको छैन । धेरैले मकै बालीको माया मारिसके । सन्धिखर्क १३ गच्छेगैरा जुकेखोलामा बाँदरले औधी सताएको छ । 

अन्य समाचारहरु