अर्घाखाँचीमा पानीको माग गर्दै पुजाआजा र पुजा पछि पानी

( पहिलो प्रकासित मिती: २०७१ , १८ साउन, आइतवार )



प्रेमनारायण आचार्य 



अर्घाखाँची १८ साउन । लामो समय सम्म पानी नपरे पछि पानीको माग गर्दै शनिबार दिउसो  नरपानीको दहखोलामा पानीको माग गर्दै पुजा गरिएको छ । 

 



 

पानी नपरेपछि कृषकहरुलाइ समस्या हुनुका साथै अन्य गतिबिधि पनि प्रभाबित भएको भन्दै सन्धिखर्कबाट गएर पानीको माग गर्दै पुजाआजा गरिएको हो । 

 


 

पानीको माग गर्दै पुजा गर्नका लागि सन्धिखर्कबाट सन्धिखर्क बजार सुधार समितिका अध्यक्ष नारायण प्रसाद बन्जाडे, निर्माण ब्यबसायी समितिका अध्यक्ष रिषी अधिकारी, सन्धिखर्कका उद्योगी तथा ब्यबसायी बसन्त भुसाल, खानेपानी उपभोक्ता समितिका कबिराज खनाल, उद्योग बाणिज्य संघ अर्घाखाँचीका सचिब प्रदीप मिश्र, जिल्ला शिक्षा कार्यलयका बिनि बलराम मिश्र, होटल ब्यबसायी गोबिन्द भुसाल, पत्रकार प्रेमनारायण आचार्य, नारायण पौडेल , दिपक भुसाल  लगायतको टोली दहखोला गएर पुजाआजा गरेको  थियो । 

 



 

पानीको माग गर्दै शनिबार दिउसो पुजा गरेपछि  साझबाट सन्धिखर्कमा पानी परेको छ । पानी परेपछि सन्धिखर्क आसपासका साथै जिल्लाका बासिन्दाले राहातको महसुस गरेका छन । 

 


अन्य समाचारहरु