अर्घाखाँची सेवा समाज कतारको बैठक सम्पन्न

भुवन के.सी
अगस्त ३ कतार – अर्घाखाँची सेवा समाज कतारको एक्काइसौ मासिक बैठक सम्पन्न भएको छ । संस्थाका पदाधिकारीहरुको व्यापक उपस्थितिमा विभिन्न निर्णयहरु गर्दै उक्त बैठक सम्पन्न भएको हो । अध्यक्ष युवराज पाण्डेको अध्यक्षतामा भएको उक्त बैठकमा प्रस्तावित विभिन्न बुदाँहरु माथि सस्थाका पदाधिकारीहरुले क्रमशः आफनो आफनो विचार राखेका थिए । 
कोषाध्यक्ष टेकराज थापाबाट आर्थिक प्रतिवेदन प्रस्तुत भएको सो बैठकमा संस्थाको नाम र लोगो अंकित टिर्सट पनि सार्वजनिक गरिएको छ । सस्थाले दिएको जिम्मेवारी अनुसार टिर्सट व्यवस्थापन गर्नमा सहयोग पुराउनुभएका द्धितिय उपाध्यक्ष ठाकुर कुमार परियारलाई अध्यक्षले धन्यबाद दिनुभएको थियो । 
सो टिर्सटको मुल्य कतारी रियल ५० राखिएको छ, सेतो रगं र अलग अलग साइजमा उपलव्ध टिर्सटहरु जिल्लाबाँसी सवैले प्रयोग गर्नेछौ जसले हामीलाई हाम्रो पहिचान र एकताको लागी काम गर्नेछ सदस्य नर बहादुर के सीले बताए ।
 सो बैठकमा व्यापक छलफल पश्चात रिक्त रहेको महासचिव पदमा कार्यवाहक महासचिव केदारनाथ भुसाल, सचिवमा केशव भुसाल र सचिवालय सदस्यमा कृष्ण शाहलाई सर्वसम्मतले मनोनित गरिएको छ ।

अन्य समाचारहरु