भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई एक अर्ब डलर सहयोग दिने घोषणा गर्नुभएको छ ।नेपाल भ्रमणको क्रममा आइतबार संसदमा सम्बोधन गर्दै मोदीले अतिरिक्त सहयोगको घोषणा गर्नुभएको हो ।
भारतले दिन लागेको यो सफ्ट लोन हो । मोदीले नेपाल जलविद्युत र पर्यटनका माध्यमबाट समृद्ध राष्ट्र बन्ने भन्दै त्यसमा ध्यान दिन र नेतृत्वको परिचय दिएर निर्णय गर्न नेपाली नेताहरुलाई आह्वान गर्नुभयो । नेपालले भारतको बिजुली निशुल्क नभएर किन्न चाहेको मोदीले स्पष्टीकरण दिनुभयो ।
मोदीले नेपाल र भारत मिलेर एक अर्काको अध्यारो हटाउनुपर्नेमा जोड दिँदै अहिले भारतले नेपाललाई दिँदै आएको बिजुली दोब्बर पार्ने घोषणा गर्नुभयो । नेपालले जलविद्युत र पर्यटनको विकासबाट समृद्धि प्राप्त गर्न सक्ने मोदीको भनाइ छ ।
नेपालमा अमन चयन कायम भए भारतमा पनि कामय हुने भन्दै मोदीले सार्कका सबै राष्ट्रमिलेर गरीबी विरुद्ध लडनुपर्नेमा जोड दिनुभयो । मोदीले बुद्ध नेपालमा जन्मेको र नेपाल सार्वभौम मुलुक भएकोमा जोड दिँदै सार्वभौम मुलुलकका रुपमा नेपालको प्रगति देख्न चाहेको स्पष्ट पार्नुभयो । नेपालको हितका लागि आफूले राजमार्ग, संचारमार्ग र प्रसारण मार्ग विस्तार गर्न चाहेको मोदीले बताउनुभयो ।