काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गरेका छन् ।
दुई दिने नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौं आएका मोदीले साउनको सोमबार पारेर पशुपति मन्दिरमा विशेष पूजाअर्चना गरेका हुन् ।
आध्यात्मिक नेता समेत रहेका मोदी गेरु रंगको कुर्थामा पशुपति मन्दिरमा पुगेका थिए । उनले झण्डै आधा घन्टा लगाएर विशेष पूजा गरेका छन् ।
पूजापछि भातीय प्रधानमन्त्री मोदी रुद्राक्षको माला लगाएर बाहिरिएका छन् । मोदीलाई पशुपति क्षेत्र विकास कोषको तर्फबाट पशुपति मन्दिरको तस्वीरसहितको उपहार दिइएको छ ।
मोदीले पनि पशुपतिलाई २५ क्विन्टल सेतो चन्दन उपहार प्रदान गरेका छन् ।
स्रोत: नेपाली संचार माध्यम